मोरङमा एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ३, आईतबार (१ महिना अघि)
  • ४६ पटक पढिएको
मोरङमा एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

चैत्र ३, विराटनगर । कोशी राजमार्गको मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिबार राति कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

दुर्घटना गम्भीर घाइते राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस