चैत्र ३, काठमाण्डौँ । दक्षिण अमेरिकामा आएको ठूलो आँधीमा परेर कम्तीमा ३१ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ । तीमध्ये १२ जनाको मिसौरीमा मृत्यु भएको हो । यो आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ । धेरै सवारी साधनहरू पल्टिएका छन् साथै धेरै घरहरूमा क्षति पुगेको छ ।
क्यान्ससमा धुलोको आँधीबेहरीका कारण ५५ भन्दा बढी सवारी साधनहरू दुर्घटनामा परेका र उक्त दुर्घटनामा कम्तिमा आठ जनाको मृत्यु भएको जनाइएको छ । ट्र्याकर पावरआउटेजका अनुसार आधीका कारण शनिबार दिउँसो टेक्सास, मिसौरी र इलिनोइसलगायत छ राज्यका २.४ लाखभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको थियो । मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीमा गम्भीर मौसम चेतावनी जारी गरिएको छ ।