चैत १४, काठमाडौँ । उदाउँदा कलाकार अमर थपलियाको पहिलो म्यूजिक भिडियो मायाँ लाउन सकिन सार्वजनिक भएको छ ।
देबी घर्ती र आशिष बिसीको आवाजमा रहेको उक्त गीत हालसालै सार्वजनिक भएको हो ।
थमन बिसीको शब्द रहेको उक्त गीतमा मिलन कुमार गोतामेले संगित दिएका छन् ।
गीतमा चर्चित मोडल साया भण्डारी र सफल ब्यवसायी अमर थपलियाले अभिनय गरेका छन् ।
अमरले सोचे भन्दा धेरै राम्रो अभिनय गरेको युवा ब्यवसायी हरिजंग कार्की बताउँछन्।
गीतलाई बिशाल बैरागीले निर्देशन गरेका छन् ।
दिनेश मुस्कानले छायाङ्कन गरेको उक्त गीतलाई अनिल बिष्ट प्युठानीले सम्पादन गरेका छन् ।
हेर्नुहोस् भिडियो