मौसम पूर्वानुमान : पाँचवटा प्रदेशमा हावाहुरीको सम्भावना, हवाई सेवा प्रभावित हुनसक्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ४, सोमबार (१ महिना अघि)
  • ५३ पटक पढिएको
मौसम पूर्वानुमान : पाँचवटा प्रदेशमा हावाहुरीको सम्भावना, हवाई सेवा प्रभावित हुनसक्ने

चैत्र ४, काठमाडौँ । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम कोसी, कर्णाली र गण्डकी प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

“सुदूरपश्चिम कोसी, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ,” मौसमविद् सरोज पुडासैनीले भने ।
काठमाडौं उपत्यकामा भने आज वर्षाको सम्भावना छैन । सामान्य बदली रहे पनि काठमाडौंमा आज वर्षा नहुने उनले जानकारी दिए ।

देशका केही भूभागमा आज हावाहुरीको पनि सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् पुडासैनीले भने । हिजो पनि पूर्वी नेपालको सोलुखुम्बुलगायत केही जिल्लामा हावाहुरीको चलेको थियो । हावाहुरी चल्दा हवाई सेवा प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस