प्रतिनिधि सभाको बैठक आजपनि बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र ४, सोमबार (१ महिना अघि)
  • ३६ पटक पढिएको
प्रतिनिधि सभाको बैठक आजपनि बस्दै

चैत्र ४, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री के।पी। शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस