‘नियोजित तथा संगठित योजना तहत कलेज र पदाधिकारीमाथि आधारहीन आरोपहरु लगाइयो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ४, सोमबार (१ महिना अघि)
  • ४५ पटक पढिएको
‘नियोजित तथा संगठित योजना तहत कलेज र पदाधिकारीमाथि आधारहीन आरोपहरु लगाइयो’
चैत्र ४, काठमाडौँ । काठमाडौं स्कुल अफ लले सामाजिक सञ्जाल मार्फत आफु र आफ्ना पदाधिकारी माथी लगाइएका आरोपहरु तथ्य र आधारहीन रहेको जनाएको छ । कलेजले आइतबार पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमा लगाइएका आरोपहरु आधारहीन मात्रै होइन सामाजिक मर्यादाविरुद्ध समेत रहेको जनाएको हो ।
एउटा व्यक्तिले विना कुनै आधार र तथ्य आफ्ना प्रध्यापकहरुमाथी अश्लील गाली गलौच गर्दै विभिन्न अरोपहरु लगाउने र उनैले समाजिक सञ्जालमार्फत लागएको आरोपका आधारमा सञ्चार माध्यमहरु मार्फत सार्वजनिक भएका समाचार बारे कलेजको गम्भिर ध्यानाकर्षण भएको जनाउदै समाचार लेख्नुअघि कम्तीमा तथ्यहरुको जाच गरिदिन कलेजले आग्रह गरेको छ ।
कलेजबाट भर्खरै पास आउट भएकी एक बिधार्थीले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत काठमाडौं स्कुल अफ लका कार्यकारी निर्देशक तथा प्रध्यापक डा. युवराज संग्रौला लगायत केही प्राध्यापकविरुद्ध धारा प्रवाह गाली गलौज गर्दै विभिन्न आरोप लगाउदै आएको सन्दर्भमा कलेजले पत्रकार सम्मेलन गर्दै त्यो हर्कत नियोजित तथा संगठित योजनाको उपज भएको जनाएको छ ।
घटनाक्रमहरुले निज विधार्थी नभई कलेज र कलेजका पदाधिकारी र तिनका परिवारहरु केही दिनदेखि पिडित रहेको तथ्य तर्फ ध्यानाकर्षण गराउँदै कलेजले भनेको छ ः यस्ता सामाजिक मर्यादा बिपिरत र मानवअधिकार बिरोधी गतिबिधि प्रति दःख व्यक्त गर्नुबाहेक हामीसंग कुनै शब्द छैन” । यस घटनाले जुनसुकै व्यक्तीले जुनकुनै अवस्थामा जो माथी पनि आरोप लगाइदिन सक्ने अवस्थाको उजागर गर्दै यसबाट हाम्रो स्थापित सामाजिक मर्यादा र न्याय प्रणालीमाथी गंभिर झापट हानेको समेत कलेजले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस