अनेसासका पिता सुवेदीलाई नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान र चार शोककाव्यको विमोचन

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र ४, सोमबार (१ महिना अघि)
  • ३६१ पटक पढिएको
अनेसासका पिता सुवेदीलाई नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान र चार शोककाव्यको विमोचन

चैत्र ४, काठमाण्डौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नेपाल च्याप्टरले अनेसासका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई नेपाली डायस्पोरा स्वर्ण तारा सम्मानबाट सम्मान गर्नुका साथै उहाँद्वारा लिखित नन्दिनी शोक महाकाव्य, नन्दा शोक खण्डकाव्य, सेती गजल खण्डकाव्य तथा उहाँद्वारा सम्पादित कृति नन्दादेवी स्मृतिग्रन्थको विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राई थिए । त्यसैगरी विशेष अतिथिमा अनेसास बिओटीका पूर्व सल्लाहकार प्राडा खगेन्द्रप्रसाद लुइटेल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, अनेसासका सल्लाहकार लीला लुइटेल, अनेसासका पूर्व उपाध्यक्ष डा रेणुका सोलु थिए । त्यस्तै अतिथिहरुमा विमोचित भिडियो बुकका वाचक शिव त्रिपाठी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, अनेसास केन्द्रीय सदस्य तारा उप्रेती, सुमन वर्षा, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, अनेसास संस्कृति समितिका सल्लाहकार कलाकार रविन्द्र खड्का थिए ।

त्यसैगरी कृतिका समीक्षकहरू प्राडा जीवलाल सापकोटा, डा नारायण शर्मा गहिरे, अनेसास नेपाल च्याप्टरका सल्लाहकार महेश पौड्याल, अनेसास नेपाल च्याप्टरका पूर्व अध्यक्ष तथा अनेसास पुरस्कार समितिका सदस्य सन्ध्या पहाडी मञ्चासीन थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस