आजदेखि पोखरा–छेन्दु नियमित उडान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ५, मंगलबार (१ महिना अघि)
  • ४२ पटक पढिएको
आजदेखि पोखरा–छेन्दु नियमित उडान

चैत्र ५, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक ‘चाटर्ड’ उडान हुने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदै छन् ।

उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट तीन वटा चाटर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिएका छन् । ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चाटर्ड उडान सुरु गरेको हो,’ उनले भने, ‘तीन वटा चाटर्ड उडानपछि एयरलायन्सले अन्य नियमित उडानको योजना बनाएको छ ।’

चाटर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार तय गरेको छ । एयरलायन्सले तीन वटा चाटर्ड उडान पछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ । उनले पोखरा–छेन्दु उडान यहाँको पर्यटकीय विकासमा महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस