चैत्र ६, काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा केपी ओली नेतृत्वको कांग्रेश–एमाले गठबन्धनको सरकारले नेपालको सार्वजनिक ऋण साढे २ खर्ब थपेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको नेपालको सार्वजनिक ऋण फागुन मसान्तसम्म आइपुग्दा २६ खर्ब ७६ अर्ब ३ करोड पुगेको छ ।
कार्यालयकाअनुसार ८ महिना अवधिमा गठबन्धन सरकारले २ खर्ब ४१ अर्ब ९३ करोड सार्वजनिक ऋण थप गर्ने कार्य गरेको छ । ८ महिनाको अवधिमा झण्डै साढे २ खर्ब ऋण थपिएसँगै नेपालको सार्वजनिक ऋण कुल गाह्रस्थ उत्पादनको ४६.९१ प्रतिशत पुगेको छ ।
कुल सार्वजनिक ऋणमध्ये ५०.८३ प्रतिशत बाह्य र ४९.१६ प्रतिशत आन्तरिक ऋण रहेको कार्यालयले जनाएको छ । साथै कार्यालयले पछिल्लो ८ महिनाको अवधिमा विदेशी मुद्राको मूल्यमा भएको वृद्धिको कारणले मात्रै नेपालको सार्वजनिक ऋण ६६ अर्ब २९ करोड रुपैयाँ थपिन पुगेको छ ।