चैत्र ७, काठमाण्डौँ । बुधबारका दिन नेपाल ए.पि.एफ. क्लब, हलचोक, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष श्री थानप्रसाद पंज्ञानीज्यूको अध्यक्षतामा बैंकको ६५ औं वार्षिक साधारण सभा आर्थिक वर्ष २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गर्दै सम्पन्न भएको छ ।
त्यस्तै, सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू श्री प्रदिप कुमार श्रेष्ठ, श्री मधुविर पाण्डे र श्री सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मतरूपमा पारित गरेको छ ।
बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा सम्मानित उच्च अदालत, पाटनको मिति २०८१ चैत्र ५ गतेको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको छ ।