नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल र भन्सार विभागबिच बजेट बारे छलफल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र ७, बिहिबार (१ महिना अघि)
  • ५५ पटक पढिएको
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल र भन्सार विभागबिच बजेट बारे छलफल
चैत्र ७, काठमाण्डौँ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलको क्रममा महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२र८३ को बजेट सम्बन्धी सुझावहरू पेश गर्नुभएको छ ।
सो भेटघाट तथा छलफलमा महासचिव उप्रेतीले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई सुझाव दिँदै आएको उल्लेख गरे । महानिर्देशक भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताए । सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, लुब्रिकेन्टस् समितिका उपसभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस