एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र ८, शुक्रबार (१ महिना अघि)
  • ४५ पटक पढिएको
एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न

चैत्र ८, काठमाण्डौँ ।  प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । एसपीमा बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र अतिरिक्त महानिरीक्षक सुदीप गिरीले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । यसअघि उनीहरु दुबै जना सिनियर हुँदाहुँदै बढुवामा छुटेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस