भारतले नेपालमा लोकतन्त्र नै चाहेको छ : परराष्ट्रमन्त्री

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ चैत्र ८, शुक्रबार (१ महिना अघि)
  • ५९ पटक पढिएको
भारतले नेपालमा लोकतन्त्र नै चाहेको छ : परराष्ट्रमन्त्री

चैत्र ८, काठमाण्डौँ ।  परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन्।

भारतको भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री राणाले भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको आफूले पाएको बताएकी हुन्। अहिले नेपाल सरकारसँग भारतीय निकाय जोडिरहेको भन्दै उनले सरकार नै परिवर्तन गर्ने आशय नदेखेको बताए।

परराष्ट्रमन्त्री राणाले भारतमा रहँदा भारतलगायत अन्यदेशका बिदेशमन्त्रीसँग द्विपक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको जानकारी दिए। नेपाल र भारतबीच रहेका विभिन्न द्विपक्षीय संयन्त्रहरूको हालैका बैठकहरूमा भएका प्रगतिहरूको समिक्षा गर्दै अन्य संयन्त्रलाई पनि थप क्रियाशील बनाउने र द्विपक्षीय सहयोगलाई अझ मजबुत बनाउने विषयमा समेत कुराकानी भएको उनले बताए।

उनले नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेको र नेपालमा आपूर्ति हुने विद्युतको परिमाणमा वृद्धि गर्न अनुरोध गरेको धारणा राखे।

त्यस्तै उनले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक महामहिम रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिदै आएको आवश्यक सहयोगको निरन्तरता हुन र विपिन जोशीको सकुशल रिहाईका लागि सहजीकरण गर्न आग्रह गरेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस