चट्याङ लागेर एक महिलाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ९, शनिबार (४ हप्ता अघि)
  • ४९ पटक पढिएको
चट्याङ लागेर एक महिलाको मृत्यु

चैत्र ९, काठमाडौँ । खोटाङमा बेग्लाबेग्लै घटनामा आज दुई जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरिकी २१ महिने शिशु अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु भएको हो ।

आज बिहान ४ बजे चट्याङ लाग्दा दिलकुमारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस