ट्याक्टरसँग स्कुटी ठोक्किँदा एकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १०, आईतबार (४ हप्ता अघि)
  • ४३ पटक पढिएको
ट्याक्टरसँग स्कुटी ठोक्किँदा एकको मृत्यु

चैत्र १०, काठमाडौँ ।  कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–११ मा म १ त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडिको भागमा ठोक्किएको थियो ।

दुर्घटनामा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीलाई धनगढीको मायामेट्रो अस्पतालले भारतको भोजीपुरा रेफर गरेको थियो । तर, भारत नलग्दै चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । स्कुटी चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस