शेयर बजारमा पहिरो, ५३ अङ्कले घट्दा ६ अर्ब बढीको कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र १०, आईतबार (३ हप्ता अघि)
  • ५४ पटक पढिएको
शेयर बजारमा पहिरो, ५३ अङ्कले घट्दा ६ अर्ब बढीको कारोबार

चैत्र १०, काठमाण्डौँ । नेपाल स्टक एक्सचेन्ज उच्च अङ्कले घटेको छ ।
साताको पहिलो कारोबारका दिन आइतबार नेप्से ५३.०४ अङ्कले घटेर २६१६.२६ को विन्दुमा बन्द भएको हो । यस दिन बजारमा १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

लगातारको पाँच कारोबारका दिन दोहोरो अङ्कले घटेको शेयर बजारमा आज पनि दोहोरो अङ्कको गिरावट आएको हो । आइतबार मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरू सर्वाधिक घाटामा रहेका छन् । आज यस लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ४२ करोड ६ लाख ३४ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । आइतबार बजार पुँजीकरण ४३ खर्ब ४१ अर्ब रुपैयाँ बढी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस