दाङको साङ्ग्रिला प्लाई उद्योगमा ५ घण्टादेखि निरन्तर आगलागी भएपछि…

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ११, सोमबार (३ हप्ता अघि)
  • ४२ पटक पढिएको
दाङको साङ्ग्रिला प्लाई उद्योगमा ५ घण्टादेखि निरन्तर आगलागी भएपछि…

चैत्र ११, काठमाण्डौँ । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस