प्रेस चौतारी महाधिवेशनमा ओलीइत्तर समुहको रुवावासी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र ११, सोमबार (३ हप्ता अघि)
  • ५६ पटक पढिएको
प्रेस चौतारी महाधिवेशनमा ओलीइत्तर समुहको रुवावासी !

चैत्र ११,काठमाडौँ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको दशौँ अधिवेशनमा नेताहरूले एकलौटी नेतृत्वको टिम घोषणा गर्न लागेपछि प्रतिनिधिहरू भक्कानिदै हलबाट बाहिरिएका छन् ।

चौतारीमा नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरूले निर्वाचन माग गरेका थिए।

उम्मेदवारी दर्ता गर्न संस्थापनइतर समूहलाई फारमसमेत नदिएपछि राजेश राईको समूह निरीह बनेको थियो । अन्तिममा राईलाई बन्द सत्रमा बोल्न दिइएको थियो । त्यस क्रममा राईले ‘हरेक सदस्यले जित्दै गर्दा अब माथितिर होइन, आधारतिर फर्किने दिन आउने छ । माथि धाउँदा होइन, जनताबिच जाँदा पार्टी र संगठन बलियो हुने छ,’ भनेका थिए ।

उनले आफूले निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दा विभिन्न प्रहार भएको भन्दै भावुक भाषण पनि गरेका थिए । त्यसपछि बाहिरिएका चौतारीका केही प्रतिनिधिलाई अँगालो हाल्दै राई आफू पनि रोएका थिए । चौतारीको नयाँ नेतृत्व चयनको विषयलाई लिएर कतिपयले सामाजिक सञ्जालमा तीव्र असन्तुष्टिसमेत पोखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस