गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको नेतृत्वमा समिति गठन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र १२, मंगलबार (३ हप्ता अघि)
  • ६१ पटक पढिएको
गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको नेतृत्वमा समिति गठन

चैत्र १२,काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय ‘सिफारिस समिति’ गठन भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

सिफारिस समिति सदस्यहरूमा पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहेका छन् । अहिलेका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो । गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस