सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूचीहरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र १३, बुधबार (३ हप्ता अघि)
  • ४२ पटक पढिएको
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूचीहरु

चैत्र १३, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउसो १:१५ मा राष्ट्रियसभा बैठक बस्नेछ ।

प्रतिनिधि सभा बैठकमा बैंकिङ्ग कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव समेत प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस