अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १३, बुधबार (३ हप्ता अघि)
  • ४० पटक पढिएको
अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते

चैत्र १३, काठमाण्डौँ । अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का किशोर घाइते भएका छन् । मंगलसेन नगरपालिका –५ स्थित मध्यपहाडी लोकमार्गमा मंगलबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मंगलसेन –१ कुन्ती निवासी २० वर्षीय जीवन थापाको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका १७ वर्षीय चेतन थापा घाइते भएका प्रहरीले जनाएको छ । ठूलासेनबाट मंगलसेन तर्फ जाँदै गरेको से ७ प १४६९ नम्बरको मोटरसाइकल जीवन थापाले चलाएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारको लागि जिल्ला अस्पताल मंगलसेन पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए । घाइते चेतन थापालाई थप उपचारका लागि न्याय हेल्थ अस्पताल बयालपाटा रेफर गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस