चैत २० पछि माग पूरा नभए शिक्षकहरू फेरि सडक संघर्षमा उत्रिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १३, बुधबार (३ हप्ता अघि)
  • ५५ पटक पढिएको
चैत २० पछि माग पूरा नभए शिक्षकहरू फेरि सडक संघर्षमा उत्रिने

चैत्र १३, काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिन नेपाल शिक्षक महासंघ आन्दोलनमा छ । शिक्षक, विद्यार्थी र विद्यालयमैत्री ऐन जारी गर्नुपर्ने मागसहित महासंघले विभिन्न चरणका आन्दोलन गर्दै आएको हो ।

सोही क्रममा शिक्षकहरू यतिबेला शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ६ दिनदेखि अनशनमा बसिरहेका छन् । उनीहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् ।

२०८० भदौ २७ गते तत्कालीन शिक्षामन्त्री अशोककुमार राईले यो विधेयक प्रतिनिधि सभामा पेस गरेका थिए । प्रतिनिधि सभाले दफावार छलफल गर्न विधेयक २०८० असोज २५ गते संसदीय समितिमा पठाएको थियो । समितिमा पेस भएको १८ महिना बितिसक्दा पनि विधेयक टुङ्गो लाग्न सकेको छैन ।
समितिले सरोकारवाला, संशोधनकर्ता सांसदलगायतसँग छलफल गरिसकेको छ भने प्रदेशस्तरमा छलफलबाट राय सुझाव सङ्कलन गर्ने काम पनि सकिएको छ । यद्यपि समितिले विधेयक टुङ्गो लगाउन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस