उद्योग मन्त्री दामोदर भण्डारीसंग देशका उद्योगी व्यवसायीहरुको लागि आफनो देशमै उद्योग व्यवसाय गरेर आय आर्जन गर्न सकिने वातावरण बनाउन आग्रह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र १३, बुधबार (३ हप्ता अघि)
  • ४७ पटक पढिएको
उद्योग मन्त्री दामोदर भण्डारीसंग देशका उद्योगी व्यवसायीहरुको लागि आफनो देशमै उद्योग व्यवसाय गरेर आय आर्जन गर्न सकिने वातावरण बनाउन आग्रह

चैत्र १३, काठमाण्डौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले भारतिय मालवाहक साधनहरुको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको बताउनु हुदै सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्ट्रिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासो गरे ।

यसैक्रममा अध्यक्ष चौधरीले देशमा नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनु पर्ने भन्दै लुव्रिकेण्टस उद्योगका नाममा फिनिष्ड गुड नै नेपालमा ल्याएर विक्री वितरण भईरहेकोले यसलाई रोक्नु पर्ने धारणा राखे । सोही क्रममा अध्यक्ष चौधरीले नेपालमै टायर उद्योगहरु खोलिए पनि त्यसका लागि स्टयानदर्डको व्यवस्था नभएको जिकिर गर्दे बुट मोडेलमा वाहय लगानी नेपालमा ल्याउन सम्भव रहेको बताए । उक्त छलफलको क्रममा अध्यक्ष चौधरीले सरकारले देशका उद्योगी व्यवसायीहरुको लागि आफनो देशमै उद्योग व्यवसाय गरेर आर्य आर्जन गर्न सकिने बातावरण निर्माणका लागि समेत आग्रह गर्दे नाडाको ६ बुंदे लिखित सुझावहरु समेत पेश गरे ।

यसैक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्ता सम्बन्धी ऐन अहिलेसम्म पारित नहुदा सवारी साधन पैठारीकर्ताहरुलाई ठूलो समस्या भईरहेकोले सो ऐन छिटै पारित गर्नका लागि आग्रह गर्नु भयो । सोही भेटघाट तथा छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालका व्याट्री उद्योगहरुको अवस्था बारे समेत जानकारी दिनु हुंदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउबाट कुनै उपयुक्त स्थानमा स्थानान्तरगरी सञ्चालन गर्न सकिने र त्यस ठाँउलाई सेजको रुपमा प्रयोग गर्न सकिने धारणा राखे ।

ताजा अपडेट

खोजी गर्नुहोस