चैत्र १३,काठमाडौँ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको राजिनामा स्वीकृत गर्दै कायम मुकायम सीईओमा मनोज कुमार ज्ञवालीलाई नियुक्त गरेको छ।
बैंकको चैत १३ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सीईओ ढुङ्गानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजिनामा दिएका थिए। यसो त ढुंगाना भावी गभर्नरको तयारीमा लागेका छन् । उनलाई सरकारले नयाँ गभर्नर बनाउने चर्चा चलेको छ ।