जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र १३, बुधबार (३ हप्ता अघि)
  • ४१ पटक पढिएको
जेडटिइको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

चैत्र १३, काठमाण्डौँ । एकीकृत सूचना तथा सञ्चार प्रविधि समाधानको ग्लोबल लिडर जेडटिई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ फिचर–प्याक्ड स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरेको छ । आकर्षक डिजाइनमा उपलब्ध यी मोडलहरुको पर्फर्मेन्स पनि उत्कृष्ट हुनुको साथै नवीन प्रविधियुक्त पनि छन् । जेडटिईको नेपालको लागि आधिकारीक वितरकको रुपमा शंकर ग्रुप रहेको छ । शंकर ग्रुपसँगको सहकार्यमा जेडटीईले ब्लेड ए र नुबिया सिरिज मार्फत नेपाली ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको छ ।

ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रुपमा जेडटीई ब्लेड ए७५ रहेको छ । यसमा ६.६ इन्चको ९० हर्ज डिस्प्ले, शक्तिशाली अक्टा–कोर प्रोसेसर, ५० एमपीको एआइ क्यामरा, २२.५ वाटको फास्ट चार्जिङ र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । स्लिक डिजाइन, २५६ जिबिको स्टोरेज र १४ जिबिको ¥याम भएको हुँदा यो फोन चलाउन एकदम स्मुथ छ । यसमा लाइभ आइल्याण्ड पनि छ जसले नोटिफिकेसन र सर्टकटहरूमा सहज र तत्काल पहुँच प्रदान गर्दछ ।

त्यस्तै सामान्य प्रयोगको लागि जेडटीई ब्लेड ए३५ कम्प्याक्ट डिजाइन र ६.५२ इन्चको एचडि प्लस डिस्प्लेमा आएको छ । यसमा ८एमपीको एआइ क्यामरा र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । अक्टाकोर प्रोसेसर र ६ जिबिको ¥याम भएकोले यो दैनिक प्रयोजनको लागि अत्यन्तै उपयुक्त छ ।

अर्को मोडल जेडटीई ब्लेड ए५५ मा ६.७५ इन्चको एचडि प्लस डिस्प्ले र १२८ जिबिको स्टोरेज र १३ एमपीको एआइ डुअल क्यामेरा रहेको छ । साथै फेस र फिंगर प्रिन्ट रिकग्निसनले थप सुरक्षा प्रदान गरेको छ भने लाइभ आइल्याण्ड फिचरले मल्टि टास्किंगलाई झनै सहज बनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस