कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए सडकमा जान्छौँ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १३, बुधबार (३ हप्ता अघि)
  • १७ पटक पढिएको
कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए सडकमा जान्छौँ : प्रचण्ड

चैत्र १३, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीले सदनमा आएर चित्तबुझ्दो जवाफ नदिए सडक जाने चेतावनी दिएका छन् ।

बुधबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री ओलीले सदनलाई जवाफ दिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले टीआरसीको विषयमा छलफल गर्न पटक–पटक प्रयास गरेपछि साझा विषय भएकाले आफू बैठकमा गएको उनले स्पष्ट पारे । त्यस दिनको बैठकमा कुलमानबारे कसैले एक शब्द चर्चा नगरको प्रचण्डले जिकिर गरे । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरोध गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस