एसईई दिइरहेका १६ वर्षीय युनिषको बूढीगण्डकीमा डुबेर मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १४, बिहिबार (३ हप्ता अघि)
  • ४५ पटक पढिएको
एसईई दिइरहेका १६ वर्षीय युनिषको बूढीगण्डकीमा डुबेर मृत्यु

चैत्र १४, गोरखा । एसईई परीक्षा दिइरहेका एक बालकको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । आरुघाट गाउँपालिका १ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

“आरुघाट ४ थुमी आएका एसईई दिन आएका उनी बुधबार साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए”, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, “हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास गर्द शव फेला पारेको हो ।”

खोजीका क्रममा बगाएको स्थानबाट करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेका उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस