चौतर्फी दबावपछि पत्रकार कर्ण विश्वकर्मा रिहा

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ चैत्र १४, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र १४,कालीकोट । रेडियो नयाँ कर्णालीमा कार्यरत पत्रकार कर्ण विश्वकर्मा बिहिबार रिहा भएका छन । पत्रकार विश्वकर्मालाई बिहिबार विहान ९ बजे स्थानिय प्रशासनले रिहा गरेको नेपाल पत्रकार महास‌ंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए ।

गत चैत ७ गते कर्णाली एफएमको स्टूडियो भित्रै प्रवेश गरेर प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको थियो । विश्वकर्माको पक्राउको विरोधमा कालिकोटका सामुदायिक रेडियोहरुले प्रशारण बन्द गरेर बिरोध जनाएका थिए ।

पत्रकार पक्राउको चौतर्फी बिरोध हुदै आएको थियो । महासंघले केन्द्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हाल्ने निर्णय गरेको थियो र प्रदेश अध्यक्ष दुर्गा थापाको नेतृत्वमा अनुगमन गर्न मिसन टोली खटाउने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस