चैत्र १४,काठमाडौँ । सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ७३ हजार पाँच सय रुपैयाँ थियो । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ३० रुपैयाँले बढेर तोलाको दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ९० रुपैयाँ रहेको थियो ।