दुर्गा प्रसाई बने राजावादी आन्दोलनको ‘जनकमाण्डर’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र १४, बिहिबार (३ हप्ता अघि)
  • ६५ पटक पढिएको
दुर्गा प्रसाई बने राजावादी आन्दोलनको ‘जनकमाण्डर’

चैत्र १४, काठमाडौँ । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जनकमाण्डरको जिम्मा दुर्गा प्रसाईलाई दिएको छ । आज पत्रकार सम्मेलन आयोजना गरी समितिले यो जानकारी दिएको हो ।

‘नवगठित संयुक्त जनआन्दोलन समितिमा जनकमाण्डरको जिम्मा दुर्गा प्रसाईलाई दिइएको छ,’ पत्रकार सम्मेलनमा भनिएको छ । प्रसाईकै नेतृत्वमा भोलि काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुनेको स्थान छुट्याएको छ ।

उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् । यता भोलि नै गणतन्त्र पक्षधरहरूले पनि काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शन गर्दैछन् । दुई ठाउँमा प्रदर्शन हुने भएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस