चैत्र १४,काठमाडौँ । नेपाल राष्ट्र बैँकले नबिल बैँकलाई गत कात्तिक मै विदेशी शेयरधनीलाई लाभाश प्रैदान गर्ने सिलसिलामा लाभांश बापतको रकम विदेश पठाउदा प्रचलित कानुनी व्यवस्था पालन गरेर पठाउन स्विकृत दिएको पाइएको छ । यतिबेला बैँकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैँकबाट राजिनामा दिएर गभर्नर बन्ने तयारी गरिरहदा केही सञ्चारमाध्यमले नविल बैँकमा एनवी इन्टरनेशनलको नाममा रहेको सेयरको लाभांश बंगलादेश लैजान राष्ट्र बैँकले रोकिरहेको भन्ने समाचार प्रकाशित गरेका थिए । यद्यपी नविललाई भने राष्ट्र बैँकले २०८१ कात्तिक ३० गतेको पत्रमा कानुनी व्यवस्था पालना गरेर लाभांश प्रदान गर्न सहमती प्रदान गरेको पत्र अनलाइनकेन्द्रले प्राप्त गरेको छ ।
पत्र अनुसार बैँक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ को उपदफा (३) मा बैँकको चुक्ता पुँजीको २ प्रतिशत भन्दा बढी शेयर धारण गरेका संस्थापकहरुले आफ्नो धारण गरेको संस्थापक शेयर बिक्रि तथा धितो बन्धक राख्दा नेपाल राष्ट्र बैँकको स्विकृति लिनुपर्ने व्यवस्था रहेकोले नेपाल नेपाल राष्ट्र बैँकको स्विकृति नलिई आफुले धारण गरेको शेयर धितो बन्धक राखी अन्य बैँक तथा वित्तिय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुलाई सोको स्विकृति नलिएसम्म वा शेयर धितो बन्धक राखी उपयोग गरेको कर्जा पुर्ण रुपमा चुक्ता गरी शेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश रोक्का राख्ने व्यवस्था मिलाउन भनिएको छ ।
यसैलाई आधार मानेर बाहिर अनावश्यक हल्ला फिँजाएको बैँक स्रोत बताउछ । राष्ट्र बैँकले पहिल्यै सहमती प्रदान गरिसकेको विषयमा अहिले बैँकको सिइयो राजिनामा दिएर गएपछि ढुंगानालाई विवादमा ल्याउने र स्वार्थ समुहले गभर्नर नियुक्तीमा चलखेल गर्न थालेको बताइएको छ । यसो त नविल बैँकका निवर्तमान सिइयो ढुंगाना नेपालको अर्थतन्त्र राम्रो बुझेको अर्थविज्ञको रुपमा लिइन्छ । उनलाई गभर्नर बन्नबाट रोक्न खास स्वार्थ समुह सक्रिय भएको छ ।
उहाँ राज ढुंगाना अनलाइन केन्द्र डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |