आज काठमाडौँमा एकसाथ गणतन्त्र पक्षधर र पूर्वराजाका समर्थक प्रदर्शनमा उत्रिँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र १५, शुक्रबार (३ हप्ता अघि)
  • ५८ पटक पढिएको
आज काठमाडौँमा एकसाथ गणतन्त्र पक्षधर र पूर्वराजाका समर्थक प्रदर्शनमा उत्रिँदै

चैत्र १५, काठमाडौँ । आज काठमाडौंमा एकसाथ गणतन्त्र पक्षधर र पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् ।
समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको हो । देशमा प्रतिगामी तत्वहरुले टाउको उठाउन खोजेको भन्दै उनीहरु व्यवस्था जोगाउन र सरकारको गलत क्रियाकलापको खबरदारीका रुपमा सडकमा उत्रिन लागेका हुन् ।

यता, राजावादीहरुले व्यवस्था उल्टाउने प्रयास स्वरुप तीनकुनेमा गर्न गर्दैछन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शन हुनेछ । उनलाई नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले जनकमाण्डर घोषित गरिसकेको छ ।

दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले ३५ सय प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस