राजावादीको अराजक प्रबृत्ति : प्रहरीमाथि ढुंगामुढा, घरका सिसा फुटाएर नाराजुलुस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १५, शुक्रबार (३ हप्ता अघि)
  • ५६ पटक पढिएको
राजावादीको अराजक प्रबृत्ति : प्रहरीमाथि ढुंगामुढा, घरका सिसा फुटाएर नाराजुलुस

चैत्र १५, काठमाडौँ । राजतन्त्रका पक्षमा सडकमा उत्रिएका प्रदर्शनकारीले आज दिउँसो प्रहरीमाथि ढुंगामुढा गरेका छन् । काठमाडौंको तीनकुने क्षेत्रबाट उनीहरूले प्रहरीलाई पछाडि धकेल्ने प्रयास गरिरहेका छन् ।

सुरक्षामा खटिएका प्रहरीले ढुंगामुढा गर्ने भीड तितरवितर बनाउन केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा पनि फ्याँकेको छ ।

तीनकुनेबाट प्रदर्शनकारी प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन् ।

प्रदर्शनकारीले प्रहरीले प्रहार गरेको अश्रुग्यास टिपेर सुरक्षाकर्मीतर्फै फ्याँकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस