राजावादीको प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि बिथोलियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र १५, शुक्रबार (३ हप्ता अघि)
  • ७५ पटक पढिएको
राजावादीको प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि बिथोलियो

चैत्र १५,काठमाडौँ । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रम अराजक भएपछि बिथोलिएको छ । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको तितिरवितर भएका हुन्।

सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।

सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ ।

कार्यक्रम बिथोलिएपछि नेताहरु कार्यक्रमस्थलबाट हिँडेका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस