धर्मगुरु पुष्कर खतिवडा पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १६, शनिबार (३ हप्ता अघि)
  • ४० पटक पढिएको
धर्मगुरु पुष्कर खतिवडा पक्राउ

चैत्र १६, काठमाडौं । प्रहरीले धर्मगुरु पुष्कर खतिवडालाई पनि पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले उनलाई ललितपुरको इमाडोलबाट आज बिहान पक्राउ गरेको हो ।

शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक आन्दोलनमा उनले ढुंगा हान्दै अरूलाई पनि उक्साएका थिए । हिंसात्मक राजावादी आन्दोलन प्रकरणमा पक्राउन पर्नेको संख्या ११० पुगेको छ । शुक्रबार राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्ने नाममा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले तीनकुने क्षेत्रमा हिंसा, हत्या, तोडफोड गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस