चैत्र १७,काठमाडौँ । नेपाल प्रहरीले गएको शुक्रवार राजावादी प्रदर्शनका क्रममा काठमाण्डौका विभिन्न क्षेत्रहरूमा भएका गैरकानूनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका बारेमा सूचना दिन आग्रह गरेको छ ।
राजावादी प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर, सिनामङ्गल, जडीबुटीलगायतका क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी गाडीमा तोडफोड, आगजनी, लुटपाट भएको थियो । ती गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण सङ्कलनका लागि प्रहरीले तथ्यपरक सूचना ९फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण० उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेको हो ।
यस्तै प्रहरीले सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने पनि बताएको छ ।