चैत्र १७,काठमाडौँ । राजावादी आन्दोलनको नेतृत्व अब नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले गर्ने भएका छन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज विज्ञप्ति निकालेर आफ्नो अनुपस्थितिमा गुरुङले आन्दोलनको नेतृत्व गर्ने जानकारी गराएका हुन् । विज्ञप्तिमा सुवेदीले सरकारले आफूलाई नजरबन्दमा राखेको भन्दै आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने उल्लेख गरे ।
चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन भएको थियो । सुवेदीले नै दुर्गा प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर घोषणा गरेका थिए ।