एमालेले देशभरका प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र १८, सोमबार (२ हप्ता अघि)
  • ४२ पटक पढिएको
एमालेले देशभरका प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै

चैत्र १८, काठमाडौँ । नेकपा एमालेले आज सोमबार देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै छ । गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल र्‍यालीको आयोजना गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

काठमाडौँ उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्‍याली निकाल्ने एमालेले जनाएको छ । बेलुका चार बजे तीनकुनेमा जम्मा भएर र्‍याली निकाल्ने तयारी गरेको एमाले नेताहरूको भनाइ छ । ‘प्रतिगमनको दुष्प्रयासलाई नाकाम बनाऔँ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ’, महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत सोमबार बिहानै आह्वान गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस