त्रिचन्द्रको स्ववियु चुनावमा १६ वर्षपछि फेरि नेविसंघ, सभापतिमा कोइराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र २१, बिहिबार (२ हप्ता अघि)
  • ४२ पटक पढिएको
त्रिचन्द्रको स्ववियु चुनावमा १६ वर्षपछि फेरि नेविसंघ, सभापतिमा कोइराला

चैत्र २१, काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सभापतिमा नेपाल विद्यार्थी संघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।
खसेको २६७१ मतमध्ये कोइरालाले १२१५ ल्याए भने नेविस‍ंघकै वागी सागर न्यौपानेले ६८३ मत ल्याए। मोर्चाका प्रमित बिष्टले ४३१ प्राप्त गरे ।

कोइरालाको विपक्षमा अन्य ७ दल निकट विद्यार्थी संगठनले मोर्चाबन्दी गरेका थिए । २०६५ सालयता त्रिचन्द्रमा स्ववियु चुनाव भएको थिएन । २०६५ सालमा पनि नेविसंघका तर्फबाट विनयराम भट्ट विजयी बनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस