काठमाडौँमा सेतो मछिन्द्रनाथको रथ यात्रा शुरू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २४, आईतबार (२ हप्ता अघि)
  • ५० पटक पढिएको
काठमाडौँमा सेतो मछिन्द्रनाथको रथ यात्रा शुरू

चैत्र २४, काठमाडौँ । सेतो मछिन्द्रनाथको रथ यात्रा शनिबारबाट शुरू भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथयात्रा शुरू गर्ने प्रचलनअनुसार जात्राको पहिलो दिन शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पु¥याइएको छ ।

दोस्रो दिन आज असनबाट रथ तानेर हनुमानढोकामा लगेर राखिन्छ । त्यसैगरी तेस्रो दिन सेतो मछिन्द्रनाथको रथ हनुमानढोकाबाट लगनसम्म पु¥याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने प्रचलन रहेको व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै रथ यात्राको चौँथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइनेछ । मच्छिन्द्रनाथको राष्ट्र प्रमुखले पनि दर्शन गर्ने प्रचलन छ । सोहीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पनि दर्शन गर्नुहुनेछ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो रथयात्रा शुरू भएको बताइन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस