अर्घाखाँचीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, दुई जना घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र २४, आईतबार (२ हप्ता अघि)
  • ४५ पटक पढिएको
अर्घाखाँचीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, दुई जना घाइते

चैत्र २४, काठमाण्डौँ । अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढुङ्गाडे स्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ बिहान ३:५० बजे इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस