दुवै स्वतन्त्र संस्था NADA र / NAIMA सवारी साधन क्षेत्रको समग्र विकासप्रति प्रतिबद्ध

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र २४, आईतबार (१ हप्ता अघि)
  • ४७ पटक पढिएको
दुवै स्वतन्त्र संस्था NADA र / NAIMA सवारी साधन क्षेत्रको समग्र विकासप्रति प्रतिबद्ध

चैत्र २४, काठमाण्डौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ । नेपालको अटोमोबाइल क्षेत्रको समग्र प्रवद्र्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा ल्ब्म्ब् सधैं सक्रिय रहँदै आएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो । नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन नाईमा भनेको मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व गर्छन् । दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुबै संघको भाग बन्ने छनौट गर्न सक्छन् । तथापि, प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस