आज स्वास्थ्य बीमा दिवस: भुक्तानी दिनुपर्ने दायित्व बढ्दै वित्तीय असन्तुलन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र २५, सोमबार (१ हप्ता अघि)
  • ९२ पटक पढिएको
आज स्वास्थ्य बीमा दिवस: भुक्तानी दिनुपर्ने दायित्व बढ्दै वित्तीय असन्तुलन

चैत्र २५,काठमाडौँ । ‘सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नारासहित आज नवौं स्वास्थ्य बीमा दिवस मनाइँदैछ । स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम हो ।

नेपालमा २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । यस कार्यक्रमबाट ८० लाखभन्दा बढी नागरिकलाई बीमामा आबद्ध गरी स्वास्थ्य सेवामा पहुँच स्थापना गर्न योगदान पुर्‍याइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभावकारी र व्यवस्थित बनाउने मन्त्रालयको दाबी छ ।

यसैबीच सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । स्वास्थ्य बीमा बोर्डले हिजो पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख्न कठिन देखिएको बताएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक गर्दै कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस