नाउपा र जनमत एकता प्रक्रिया तिव्र, दुवै दलले विधान प्रतिस्थापन समिति गठन गरे

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र २५, सोमबार (१ हप्ता अघि)
  • ७८ पटक पढिएको
नाउपा र जनमत एकता प्रक्रिया तिव्र, दुवै दलले विधान प्रतिस्थापन समिति गठन गरे

चैत्र २५,काठमाडौँ । जनमत र नागरिक उन्मुक्ति (नाउपा) एकताका लागि दुवै दलले विधान प्रतिस्थापन समिति गठन गरेका छन् ।

जनमत र नाउपाबाट ३/३ जना हुने गरी प्रतिस्थापन समिति बनाइएको छ । जनमतबाट संयोजक कमल चुडाल हुने गरी शैलेन्द्र अम्बेडकर र अरविन्दकुमार सिंह सदस्य तोकिएको छ ।

नाउपाबाट संयोजक दामोदर पण्डित, सरोज बुढाथोकी र गीता चौधरी रहेको सदस्य बनेका छन् । कार्यदलले दुई दलको विधानलाई प्रतिस्थापन गर्ने गरी नयाँ विधान तयार गर्ने भएको छ । दुई दलबाट ५०/५० प्रतिशत संख्या हुने गरी केन्द्रीय समिति बनाउने मोटामोटी सहमति जुटिसकेको छ ।

१५ वैशाखभित्र एकता गर्ने गरी दुई दलले आइतबार सहमति गरेका छन् । बर्दियामा भएको दुई दलको वार्ताले एकता टुंगो लगाएको हो । एकीकृत पार्टीमा ‘नागरिक जनमत पार्टी’को कार्यकारी अध्यक्ष डा.सीके राउत हुनेछन् ।

पार्टीको संरक्षक रेशम चौधरी हुने गरी सहमति गरिएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ एकीकृत दलमा सह अध्यक्ष बन्नेछिन् । पार्टीको वरियतामा चौधरी पहिलो, राउत दोस्रो र श्रेष्ठ तेस्रो स्थानमा रहने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस