२६७० मा आयो नेप्से ! लगानीकर्ता निराश हुँदा कारोबार पनि घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र २५, सोमबार (१ हप्ता अघि)
  • ७८ पटक पढिएको
२६७० मा आयो नेप्से ! लगानीकर्ता निराश हुँदा कारोबार पनि घट्यो

चैत्र २५,काठमाडौँ । सोमबार शेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । २७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंक घटेर २६७० मा कायम भएको छ ।

कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चियो ।

सबै सेक्टरका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटे ।

ताजा अपडेट

खोजी गर्नुहोस