रवीन्द्र मिश्र र धवलशमशेरसहित २० जनालाई थप १५ दिन थुनामा राख्न अदालतको अनुमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २६, मंगलबार (१ हप्ता अघि)
  • ७४ पटक पढिएको
रवीन्द्र मिश्र र धवलशमशेरसहित २० जनालाई थप १५ दिन थुनामा राख्न अदालतको अनुमति

चैत्र २६, काठमाण्डौँ । १५ चैतमा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका २० जना थप १५ दिन थुनामा बस्नुपर्ने भएको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई थप १५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले मंगलबार अनुमति दिएको छ । उनीहरू १५ चैतको राति पक्राउ परेका थिए । त्यो दिन दुई जनाको मृत्यु र ५० जनाभन्दा धेरै घाइते भएका थिए भने करोडौँको निजी तथा सरकारी सम्पत्तिमाथि तोडफोड तथा आगजनी भएको थियो ।

उनीहरूमाथि प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । उनीहरूलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो । यो प्रकरणमा प्रहरीले मंगलबारसम्म ७३ जनालाई पक्राउ गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस