झिनो अंकले घटेर बन्द भयो शेयर बजार, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र २६, मंगलबार (१ हप्ता अघि)
  • ६१ पटक पढिएको
झिनो अंकले घटेर बन्द भयो शेयर बजार, कारोवार रकम कति ?

चैत्र २६, काठमाडौँ । पछिल्लो केही दिन यता निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार सुधारको प्रयासमा रहेको भएपनि अन्त्यमा करिब साढे ३ अंकले घटेर बन्द भएको छ । बजार खुल्नासाथ निरन्तर ओरालो लागेको नेप्से ३९ अंकसम्म तल झरेको थियो । तर बजार बन्द हुने समयसम्म आइपुग्दा सकारात्मक देखिएको भएपनि अन्त्यमा भने झिनो अंक नकारात्मक भएर बन्द भएको छ ।

मंगलबार नेप्से परिसूचक ३.४४ अंक घटेर २६६६.६१ विन्दुमा झरेको छ । यस दिन सूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन वित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य सर्वाधिक ५.८५ प्रतिशत घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस