एकै दिन २ हजारले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ चैत्र २७, बुधबार (१ हप्ता अघि)
  • ५१ पटक पढिएको
एकै दिन २ हजारले बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

चैत्र २७, काठमाडौँ । लगातार ४ कारोबार दिन घटेको सुनको मूल्य बुधबार भने ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला २ हजारले बढेको छ । मूल्य बढेसँगै बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

निरन्तर बृद्धिका बिच चैत २१ मा प्रतितोला १ लाख ८० हजार ३ सय पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य त्यसयता भने निरन्तर ओरालोमा थियो । जसले मूल्य घटिरहने संकेत गरेको थियो । यद्यपि, बुधबारको बृद्धिले पुनः मूल्यले पुरानै लय लिने सम्भावनालाई बढाएको छ । सुनको मूल्यमा ह्वात्तै बृद्धि हुँदा स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ । केही दिनदेखि नै ओरालोमा रहेको चाँदीको मूल्य बुधबार प्रतितोला ५ रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस