डाक्टर पतिको कुटाइबाट पत्नीको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र १६, शनिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत १६, वीरगञ्ज – चिकित्सक पतिको कुुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ ।

सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचितानन्द यादवकी जेठी पत्नी हुन् । डा. यादवले तैत्र ६ गते सुनितालाई घरमै निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट अचेत अवस्थामा पुगेकी उनलाई गण्डकी अस्पताल पु¥याएको थियो । त्यहाँ उनलाई सघन कक्षमा राखिएको थियो । तर, अवस्थामा सुधार नआएपछि चिकित्सककै सल्लाहमा उनलाई काठमाडौं लगिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस