साँगामा गयो पहिरो, अरनिको राजमार्गको भक्तपुर खण्ड अबरुद्द

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ चैत्र २८, बिहिबार (१ हप्ता अघि)
  • ५२ पटक पढिएको
साँगामा गयो पहिरो, अरनिको राजमार्गको भक्तपुर खण्ड अबरुद्द

चैत्र २८, काठमाण्डौँ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ । बिहीबार बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत महानगरीय प्रहरी बृत जगातीले जगातीबाट माथि सवारीसाधन पठाउन रोकेको हो ।

प्रहरीका अनुसार राजमार्ग खण्ड अन्तर्गत साँगामा पहिरो गएको छ । पहिरोका कारण आवतजावत अवरुद्ध छ । यही कारण गाडीहरूलाई जगातीमै रोकेको छ। पहिरोले मोटरसाइकलसम्म पनि पास नभएको जनाइएको छ । यस कारण साँगाबाट माथि बनेपा जाने मोटरसाइकलसम्मलाई पनि प्रहरीले रोकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस